images
images

नर्भिकले विराटनगरमा पनि आइभिएफ सेन्टर सञ्चालन गर्ने


  • 359
    SHARES
  • २०७९ जेठ ३० गते सोमबार

    नर्भिकले विराटनगरमा पनि आइभिएफ सेन्टर सञ्चालन गर्ने

    काठमाडौं । नर्भिक अस्पतालको अन्तराष्ट्रिय स्तरको आइभिएफ एण्ड फर्टिलिटी सेन्टरको सेवा काठमाडौंबाहिर पनि बिस्तार हुने भएको छ । 

    नर्भिकको आइभिएफ सेन्टरको सेवा प्रदेश १ को राजधानी विराटनगरमा समेत विस्तार हुने भएको हो । 
    नर्भिक अन्तराष्ट्रिय अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार निकट भविष्यमै सेवा सञ्चालन गर्ने गरी विराटनगरमा आइभिएफ सेन्टर निर्माणको काम सुरु गरिएको छ । 

    विराटनगरको शनिहाट क्षेत्रमा सुविधासम्पन्न नर्भिक आइभिएफ सञ्चालन हुनेछ । नर्भिकले थापाथलीमा भने २०७८ को असार तेश्रो साताबाट  अत्याधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याबसहितको अत्याधुनिक आइभिएफ एण्ड फर्टिलिटि सेन्टर संचालनमा ल्याएको थियो । 

    नर्भिकको आइभिएफ एण्ड फर्टिलिटी सेन्टरको स्तरीय सेवालाई सेवाग्राहीले  मनपराएका छन् । सेवाग्राहीहरुको मागअनुसार नै काठमाडौंमा सीमित यो सेवालाई अन्यत्र पनि विस्तार गर्न लागिएको मिश्रले जानकारी दिए । 

    हाल काठमाडांैमा रहेको आइभिएफ टिमले नै विराटनगरमा पनि सेवा दिनेछ । विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्याधुनिक उपकरण तथा प्रविधिहरुको प्रयोग गरी हाल थापाथलीमा विश्वस्तरीय सेवा दिइने गरिएको र सोही स्तरको सेवा विराटनगरमा पनि उपलब्ध हुनेछ । 

    देशका अन्य आइभिएफ सेन्टरमा जेनेटिक ल्याबको सुविधा छैन । तर, नर्भिकको यो सेन्टरमा वंशाणुगत रोगको पहिचान गर्ने प्रि–जेनेटिक डाइग्नोसिस सेवासहितको ल्याब समेत रहेको छ । 

    प्रि–जेनेटिक डाइग्नोसिसमार्फत स्वस्थ भ्रूणको अवस्था पहिचान गरी गर्भाधारण गराउने गरिन्छ । जसका कारण भविष्यमा जन्मिने बच्चाहरुमा हुनसक्ने विभिन्न खाले वंशाणुगत रोगको जोखिम निराकरण गर्न सकिन्छ ।


    images
    images

    Logo