काठमाडौं । कृषिमन्त्री महेन्द्र राया यादवले देशमा भएको रासायनिक मलको मौज्दात र आयातको अवस्थाबारे संसदलाई जानकारी गराएका छन् । सोमाबार प्रतिनिधिसभामा स्थगन प्रस्तावमा उठेका प्रश्नमाथि जवाफ दिँदै उनले यस्तो विवरण प्रस्तुत गरेका हुन् ।
उनका अनुसार अहिले साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामाग्री कम्पनीसँग समेत गरी करिब ८२ हजार मेट्रिकटन मल रहेको बनाएका हुन् । उनका अनुसार मृषि सामाग्री कम्पनीसँग अहिले ५ सय मेट्रिकटन युरिया, ७ हजार मेट्रिक र ६ हजार ९ सय ७२ मेट्रिकटन पोटास रहेको उल्लेख गरे ।
त्यस्तै, साल्ट ट्रेडिङ कर्पोेसनसँग अहिले ६ हजार मेट्रिकटन डीएपी र ५०० मेट्रिकटन युरिया भएको उल्लेख गरे ।अहिले आउँदै गरेको मलमा साल्ट ट्रेडिङ कर्पोरेसनले ल्याउने २० हजार मेट्रिकटन आउँदै गरेको, २२ हजार मेट्रिकटन असार अन्तिममा आइपुग्ने उल्लेख गरे ।
त्यस्तै कृषि सामाग्री कम्पनीबाट ३० हजार मेट्रिकटन असार दोस्रो साता, २० हजार मेट्रिकटन असार तेस्रो साता र २० हजार मेट्रिकटन असार अन्तितम साता आइपुग्ने उल्लेख गरे ।
यो वर्ष भारतले कुल १ लाख ५० हजार मेट्रिकटन मल जीटूजी प्रक्रियामार्फत् दिने जनाएको छ । नेपाललाई १० लाख मेट्रिकटन मल आवश्यक भए पनि तत्कालको लागि ५ लाख मेट्रिकट अनिवार्य आयात गर्नुपर्ने अवस्था छ । अहिले भारतबाट आउने भनेको मल आरएफसी कम्पनीले नेपाली सीमासम्मै ल्याइदिने भएकोले यसले ढुवानी भाडामा समेत बचत हुने उनले बताए ।
भारतले दिने भनेको १ लाख ५० हजार मेट्रिकटन बाहेक बाँकी ३ लाख ५० हजार मेट्रिकटन थप आयात गर्नुपर्ने अवस्था देखिएको कृषिमन्त्री यादवले बताए । निजी क्षेत्रबाट मल ल्याउन कम्तीमा २२६ दिन लाग्ने र तोकिएको समयमा मल आउन सक्ने अवस्था नरहको भन्दै थप ३ लाख ५० हजार मेट्रिकटन समेत जीडूजी बाटै ल्याउन पहल थालिएको यादवले बताए । यसका लागि असार १ गत कृषि सामाग्री केन्द्रको टोली भारत जान लागेको समेत यादवले बताए । सो टोलीले मूल्यबारे रिपोर्ट बुझाएपछि त्यसलाई मन्त्रिपरिषद्बाट पारित गरेर सो अनुसार मल ल्याउन थाल्ने उनको भनाइ छ ।



