images
images

भन्सार छली अभियोगमा ४ जना विरुद्ध राजश्व अनुसन्धानको मुद्दा


  • 310
    SHARES
  • २०७९ जेठ ३० गते सोमबार

    भन्सार छली अभियोगमा ४ जना विरुद्ध राजश्व अनुसन्धानको मुद्दा

    काठमाडौं । राजश्व चुहावट कसुरमा राजश्व अनुसन्धान विभागले ४ जना विरुद्ध मुद्दा चलाएको छ । विभागले १० करोड ६० लाख रुपैयाँ बराबर बिगो कायम गरी उनीहरु विरुद्ध शुक्रबार उक्त पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो । 

    यसरी मुद्दा दायर हुनेहरुमा शंकर प्रसाद आचार्य, रेखा जैसवाल, नसिपदिन मिँया र आशिष सिंह छन् । उनीहरु विरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संशोधन सहित) को दफा २(छ१)(ङ) बमोजिम १ करोड ३८ लाख ५५ हजार रुपैयाँ र सोही ऐनको दफा २(छ१)(क), (ख) र (ङ) बमोजिम ९ करोड २१ लाख ९५ हजार रुपैयाँ गरी २ वटा मुद्दा दायर गरिएको छ । 

    उनीहरुले अवैध रुपमा भारतबाट सामान ल्याएर बेचि भन्सार, मुल्य अभिवृद्धि कर र आय करमा छलि गरेका आरोप विभागले उनीहरुमाथी लगाएको छ । 


    images
    images

    Logo