काठमाडौं । लगातार तेस्रो दिन शेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्स) १५.८२ अंकले घटेर २ हजार ३२ दशमलव ३४ विन्दुमा पुगेको छ । आज कारोवारमा आएका २ सय ३० कम्पनीको ९९ करोड ८६ लाख रुपैयाँ बराबरको २ लाख ९२ हजार कित्ता शेयर किनबेच भएको छ । आज शेयर बजारसगैँ कारोवार रकममा पनि निरास छाएको छ । बुधबार बढेको शेयर बजार बढेको थियो त्यसपछि शेयर बजार लगातार विहीबार, शुक्रबार र आज सोमबार पनि गिरावट आएको छ ।
आज ४५ कम्पनीको शेयर मूल्य बढेको छ भने १ सय ४३ कम्पनीको शेयर मुल्य घटेको छ । सोमबार कारोवारमा आएका सवै समुहका उपसुचक घटेका छन् । भने आज सवैभन्दा धेरै सानिमा बैंकको शेयर कारोवार भएको छ । बैंकको ९ करोड १ लाख रुपैयाँ बराबरको कारोवार भएको छ । त्यस्तै, उपकार लघुवित्तको ५ करोड ८३ लाख रुपैयाँ बराबरको कारोवार भएको छ । सिभिल बैंकको ५ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंक अफ काडमाण्डूको ४ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज कारोवारमा आएका २ कम्पनीको शेयर मुल्यमा सर्किट लागेको छ । सर्किट लाग्नेमा बलेफी हाइड्रोपावर र ग्रीन भेन्चर लिमिटेडको शेरय मुल्यमा सर्किट लागेको हो ।



