काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज( नेप्से) मा नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको शेयर कारोवार रोक्का भएको छ । सो बैंक एक आपसमा मर्जर वा प्राप्तिका लागि सम्झौता गरेपछि नेप्सेले आजदेखि शेयर कारोवार रोक्का गरेको हो । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्जरमा जान लागेका हुन् ।
बैंकहरु मर्जरमा जाँदा कारोबार रोक्का हुने ब्यबस्था रहेकोले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक कारोबार रोक्का भएकाे हो ।