काठमाडौं । नेपाल लाइफ इस्योरेन्सको संस्थापक शेयर साधारण शेयरमा परिणत भएको छ । कम्पनीकाे ७३ लाख ८७ हजार १ सय ६९ कित्ता संस्थापक शेयर सर्वसधारण शेयरमा परिणत भएको हो । इस्योरेन्सले सस्थाकतर्फ यसअघि कायम ६० प्रतिशत शेयर स्वामित्व घटाएर ५१ प्रतिशत कायम गरेको छ भने साधारणतर्फ यसअघि कायम ४० प्रतिशत शेयर स्वामित्वलाई बढाएर ४९ प्रतिशत कायम गरेको छ ।
अब कम्पनीमा संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधराण तर्फ ४९ प्रतिशत (५१ः४९) शेयर स्वामित्व कायम भएको छ । कम्पनीको साधारण सभाले शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो ।