images
images

आईजीपी नियुक्तिविरुद्धको रिटमा आज अन्तिम सुनुवाई


  • 311
    SHARES
  • २०७९ जेठ ३० गते सोमबार

    आईजीपी नियुक्तिविरुद्धको रिटमा आज अन्तिम सुनुवाई

    काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा आज अन्तिम सुनुवाई हुँदैछ ।

    एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजी धिरजप्रताप सिंहलाई आईजीपी बनाएको भन्दै  सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । सो रिटमा आज अन्तिम सुनवाई हुन लागेको हो ।

    यसअघि जेठ १७ गतेका लागि पेसी तोकिए पनि अवकाश पाइसकेका डीआईजीहरूले दर्ता गरेको रिट पनि एकै ठाउँमा राखेर हेर्ने आदेश भएपछि रिटमाथिको अन्तिम सुनवाइ आजका लागि  सरेको हो ।

    गत वैशाख २२ गते सर्वोच्च अदालतले पोखरेलको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेपनि जेठ १७ गतेका लागि पेसी सार्न नमिल्ने गरी अन्तिम सुनुवाइ तोकेको थियो । तर, त्यसको तीन दिनपछि अवकाश पाइसकेका तीनजना डीआईजीको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनिहरूको मुद्दामा पोखरेलको मुद्दासमेत सँगै राखेर एकै ठाउँमा हेर्ने आदेश गरेको हो ।

    गत वैशाख १९ मा अवकाश पाइसकेका डीआईजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजङ कार्कीले एआईजी सिफारिसविरुद्ध दर्ता गरेको रिटमा पोखरेलले आईजीपी बढुवाविरुद्ध दर्ता गरेको रिटलाई पनि एकसाथ राखेर हेर्ने आदेश  अदालतले  दिएको थियो ।

    सरकारले सिंहलाई आईजीपी बनाएसँगै एक महिना बिदामा बसेका एआईजी पोखरेलले त्यसपछि पेश गरेको बिदा स्वीकृत भएको छैन । यदयपि पोखरेल मुद्दाको किनारा नलागेको भन्दै हाजिर भएका छैनन् ।


    images
    images

    Logo