images
images

उदयपुर सिमेण्ट उद्योगले ३५औं बार्षिकोत्सव मनाउदै, संचित मुनाफा ५६ करोड


  • 410
    SHARES
  • २०७९ जेठ ३० गते सोमबार

    उदयपुर सिमेण्ट उद्योगले ३५औं बार्षिकोत्सव मनाउदै, संचित मुनाफा ५६ करोड

    उदयपुर । सरकारी स्वामित्वको सबैभन्दा ठुलाे उदयपुर सिमेन्ट उधाेगले ३४ औं साेमवार  बर्षिक साधारण सभा गर्ने भएको छ । जलजलेस्थित सिमेन्ट उद्योग परिसरमा सभा गर्ने भएको हाे । 

    उधाेगले गत बर्ष जेष्ठ ३० गते एकैदिन १४ बर्षको साधारण सभा सम्पन्न गरि स्थापनाकाल २०४४ साल देखिको रेकर्ड कम्पनी रजिस्ट्रारको कार्यालयमा अभिलेख गराई शेयर लगत समेत प्राप्त गरिसकेको छ ।

    ३४औं बार्षिक साधारण सभाका प्रस्तावहरुमा संचालक समितिको बार्षिक प्रतिबेदन, २०७८ असार मसान्तको वासलात र सोही मितिमा समाप्त बर्षको नाफा–नोक्सान हिसाब, नगद प्रवाह बिबरण लगायतका बित्तीय बिबरणहरु  पारित गरिनेछ । यस बाहेक विशेष प्रस्ताबमा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा समसामयिक संशोधन गर्ने प्रस्ताब पारित विज्ञप्ती मार्फत जानकारी गराइएको छ । 

    त्यसैगरी लेखापरीक्षक नियुक्ति सम्बन्धि प्रस्ताव पनि छलफल गरि पारित गरिने कार्यक्रम  छ । यस बाहेक विशेष प्रस्ताबमा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा समसामयिक संशोधन गर्ने प्रस्ताब पारित हुनेछ । उद्योगको शेयरधनीहरुमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, उद्योग बिभाग, खानी बिभाग, बाणिज्य बिभाग रहेका छ्न । 

    संचालक समितिको अध्यक्षमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव चन्द्रकला पौडेल र संचालक सदस्यमा सोही मन्त्रालयका उपसचिव विशाल सापकोटा, अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजस्व कार्यालय लाहानका प्रमुख राजकुमार खतिवडा तथा सदस्य सचिव तथा महाप्रबन्धकमा गोपीकृष्ण न्यौपाने रहेका छन् ।

    त्यसैगरी जेष्ठ ३१ गते उद्योग स्थापनाको दिन पारेर उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिब अर्जुन प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा कोल मिल बेल्टको उद्वघाटन गर्ने, उद्योगको खाली जग्गामा १ हजार बिरुवा रोपी उद्योग क्षेत्रलाई हराभरा बनाउने, त्रियुगा नगरपालिकाका मेयर, उपमेयर तथा उद्योगसंग जोडिएका वडाध्यक्षहरुलाई उद्योगको तर्फबाट बधाई तथा शुभकामना दिने कार्यक्रमहरु गरि बार्षिकोत्सव मनाउने तयारी छ । 

    त्यसैगरी आफ्नो तीन बर्षे कार्यकाल सफलता पूर्वक सम्पन्न गरेका  बिज्ञ संचालक देवी प्रसाद बराल, नरेश ढकाल र संचालकहरु शुभाष राउत, पदम दाहाल, सम्झना तामाङ्ग (ताम्सुहाङ्ग), महेशलाल यादब र कृष्णचन्द्र मण्डललाई प्रमाणपत्र सहित सम्मान गर्ने समेत कार्यक्रम राखिएको छ ।

    सूसासन सहितको उद्योग संचालन गर्नेगरी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेट तर्जूमा गरिए अनुसार नै उद्योग अनवरत रुपमा संचालन भैरहेको छ । यस आर्थिक वर्षको आजको मितिसम्म झण्डै २०  लाख ७५ हजार बोरा गैंडा छाप ओपिसी सिमेन्ट बिक्री भैसकेको छ भने बजेट लक्ष्य हासिल गर्न  ३ लाख २५ हजार बोरा असार महिनामा बिक्रि गर्नुपर्ने हुन्छ ।

    गत बर्ष २०७७/७८ को पछिल्लो छ महिनामा खर्च मितव्ययिता र बिक्री प्रवर्द्धन भएपनि अघिल्लो ६ महिनाको खर्च र खरिद प्रक्रियाको कारण उद्योगले लगभग ३० करोडको नोक्सानी ब्यहोर्नु परेको थियो । यस आर्थिक बर्ष २०७८र७९ मा  उक्त ३० करोडको नोक्सानी हुन नदिई थोरै मात्र भएपनि नाफामा लगेरै छोड्ने प्रतिवद्वता सहित उद्योग भित्रका ट्रेड युनियनहरु, कर्मचारीहरु, उच्च व्यवस्थापन लगायत आपूर्तिकर्ता, अधिकृत बिक्रेता सबै लागिपरेका छन ।

    आर्थिक वर्ष २०७७र७८ को बित्तीय बिबरणहरु एनएफआरएस अन्तर्गत सम्पत्ति तथा दायित्वको मूल्यांकन गराई तयार गरिएकोले कुल संचित नोक्सानी ५ अर्ब ५० करोडबाट परिवर्तन भइ ५६ करोडको संचित मुनाफा लेखांकित भएको विज्ञप्ती मार्फत जानकारी गराइएको छ । 


    images
    images

    Logo