images
images

कामपाको १२ वटा विषयगत समिति गठन, भाइरल वडाध्यक्षलाई पूर्वाधारको जिम्मा


  • 375
    SHARES
  • २०७९ जेठ २९ गते आइतबार

    कामपाको १२ वटा विषयगत समिति गठन, भाइरल वडाध्यक्षलाई पूर्वाधारको जिम्मा

    काठमाडौं । काठमाडौं महानगरपालिकाको  १२ वटा विषयगत समिति  गठन भएको छ । आइतबार बसेको नगरकार्यपालिकाको दोस्रो बैठकले उक्त समिति गठन गरेको हो । 

    जसअनुसार सुशासन समितिमा वडा २६ का अध्यक्ष ख्यामराज तिवारी, वित्त समितिमा वडा  १५ का अध्यक्ष ईश्वरमान डङ्गोल, सामाजिक समितिमा वडा १० का अध्यक्ष रामकुमार के। सी, पूर्वाधार समितिमा वडा १६ का अध्यक्ष मुकुन्द रिजाल रहेका छन् । 

    त्यस्तै, वातावरण समितिमा वडा १२ का अध्यक्ष बालकृष्ण महर्जन, भवन व्यवस्था समितिमा वडा ११ का अध्यक्ष हीरालाल तण्डुकार, सम्पदा तथा पर्यटन समितिमा वडा ८ का अध्यक्ष आशामान सङ्गत, सूचना प्रविधि समितिमा वडा १७ का अध्यक्ष नविन मानन्धर छन् ।

    यस्तै शिक्षा र स्वास्थ्य समितिमा वडा २२ का अध्यक्ष चिनीकाजी महर्जन, विधायन समितिमा वडा २३ का अध्यक्ष मचाराजा महर्जन, राजस्व समितिमा वडा ३२ का नवराज पराजुली र विपद् व्यवस्थापन समितिमा वडा ३ का अध्यक्ष प्रेम थापा संयोजक रहेका छन् । यी सदस्यहरु स्थानीय सरकार सञ्चालन ऐन दफा ६५ बमोजिम स्वीकृत भएको हो ।


    images
    images

    Logo