काठमाडौं । काठमाडौं महानगरपालिकाको स्थानीय राजस्व परामर्श समिति गठन भएको छ । आइतबार बसेकोे नगरकार्यपालिकाको दोस्रो बैठकले उक्त समिति गठन गरेको हो ।
उपमेयर सुनिता डंगोलको संयोजकत्वमा गठित उक्त समितिमा सुमन श्रेष्ठ र महिला सदस्यमा मीना सिंह चयन भएका छन् । श्रेष्ठ वडा नम्वर १४ का अध्यक्ष हुन् भने सिंह कार्यपालिका सदस्य हुन् । समितिको सदस्य सचिवमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल छन् ।
उक्त समितिले स्थानीय आर्थिक ऐनमा समावेश हुने करका दरहरुबारे सुझाव दिनेछ । स्थानीय तहको असार १० गते बजेट प्रस्तुत हुनभन्दा अगाडि सो समितिले स्थानीय राजश्वका दरको परिमार्जनको सम्बन्धमा नगरपालिकालाई सुझाव दिनेछन् ।