भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका-८ बोडेमा आइतबार एक पुरुषको शव फेला परेको छ ।
बोडेस्थित लर्डबुद्ध स्कुल नजिकैको निर्माणाधीन टहरामा थिमी नगरपालिका ८ का ५१ वर्षीय कल्याण साहु मृत अवस्थामा फेला परेका हुन् । टाउकाेमा चाेट र काठकाे फर्मामा रगत देखिएका कारण साहुकाे हत्या भएको प्रहरीकाे प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु पाण्डेले शव फेला परेको पुष्टि गरे । उनका अनुसार साहुको हत्या भएको आशंकामा केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ । शव पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोटमा लगिएको छ । घटनाका बारेमा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।