काठमाडौं । एभरेष्ट्र बैंकल २ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले २० लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि निवदन दिएको हो । एभरेष्ट बैंकले उर्जा ऋणपत्र निष्काशन गर्नका लागि जेठ २४ गते बोर्डमा निवेदन दिएको छ ।
ऋणपत्र निष्काशन गर्न सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले कुल २० लाख कित्तामध्ये ८ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने बाँकी रहेको १२ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्नेछ । विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । प्रस्तावित ऋणपत्र नियमक निकायबाट स्वीकृतिपश्चात निष्कासन गरिनेछ बैकले जनाएको छ ।