images
images

एकैदिन १५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?


  • 309
    SHARES
  • २०७९ जेठ २९ गते आइतबार

    एकैदिन १५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य आज एकैदिन १५ सय रुपैयाँले बढेको छ । आइतबार छापावाला सुनको मुल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    शुक्रबार प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज १ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोवार भएको छ भने चाँदीको मुल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo