काठमाडौं । जिल्ला समन्वय समिति पर्साको प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का नीरज (अजय) साह सोनार विजयी भएका छन् । जसपा र नेकपा (एमाले) तर्फबाट साझा उम्मेदवार बनेका साह २ मतको अन्तरले विजयी भएका हुन्।
उनले १५ मत ल्याउँदा उहाँका निकटम् प्रतिद्वन्द्वी नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनका साझ उम्मेदवार सरोज चौरसियाले १३ मत प्राप्त गरे।
यसैगरी उपप्रमुख पदमा एमालेका पुरन साह कूल १५ मतसहित जिजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कुमारी सोनीले १३ मत प्राप्त गरे ।
जिससको नेतृत्वका लागि जसपा–एमाले गठबन्धन मिलेर चुनाव लडेकामा सबै पदमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।
नौ सदस्यीय जिसस पर्सामा जसपाबाट तीन र एमालेका चार सदस्य विजयी भएका छन् । एमालेको १० र जसपाको पाँच गरी १५ मत थियो । यसैगरी काँग्रेस १२ र लोसपा १ गरी १३ मत थियो ।
पर्साका अधिकांश स्थानमा स्थानीय चुनावमा जसपाले काँग्रेससँग तालमेल गरेको थियो । जिससमा आफ्नो तेतृत्व आउने भएपछि एमालेसँग तालमेल गर्न पुगेको हो ।



