images
images

८ घण्टापछि विद्युत प्रसारण लाइनमा चढेका व्यक्तिको उद्धार


  • 481
    SHARES
  • २०७९ जेठ २८ गते शनिबार

    ८ घण्टापछि विद्युत प्रसारण लाइनमा चढेका व्यक्तिको उद्धार

    काठमाडौं ।  नुवाकोटको ककनी गाउँपालिका–७ स्थित त्रिशुली थ्रि ए को प्रशारण लाइनमा चढेका व्यक्तिको ६ घण्टापछि उद्धार गरिएको छ। आज बिहान करिव ११ बजे प्रशारण लाइनमा चढेर हिँडेका बेलकोटगढी नगरपालिका–१३ घलेगाउँका ४४ वर्षीय माइला बिकको साँझ सेनाको उद्दार टोलीले हेलिकप्टरबाट उनको उद्धार गरेको हो । 

    मानसिक रूपमा अस्वस्थ रहेका बिक शनिबार बिहानै परिवारसँग झगडा गरेर  प्रशारण लाइनमा चढेका थिए ।उनलाई तारबाट झार्न स्थानीय वासिन्दा र नेपाल प्रहरीले प्रयास गरेपनि सकेनन् । 

    त्यसपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले  उद्धार गर्न निर्देशन दिएकी थिइन । त्यसपछि  सेनाको उद्दार टोलीले सकुशल उद्दार गरेर प्रहरीको जिम्मा लगाइएको छ । 


    images
    images

    Logo