images
images

सीतापाइलामा घरको छतबाट खसेर एक युवाको मृत्यु


  • 459
    SHARES
  • २०७९ जेठ २८ गते शनिबार

    सीतापाइलामा घरको छतबाट खसेर एक युवाको मृत्यु

    काठमाडौं । काठमाडौँको सीतापाइलामा घरको छतबाट खसेर एक युवाको मृत्यु भएको छ ।

    नागार्जुन नगरपालिका–४ सीतापाइला घर भएका ३७ वर्षीय जीतेन्द्र श्रेष्ठको आफ्नै घरको पाँचौँ तलाबाट खसेर मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पानी भर्ने क्रममा चिप्लेर घरको छतबाट खसेका श्रेष्ठको उपचारका क्रममा शुभेच्छा अस्पताल सीतापाइलामा मृत्यु भएको जानकारी दिए ।

    घरबाट खसेर गम्भीर घाइते भएका श्रेष्ठलाई अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता मैनालीले बताए ।


    images
    images

    Logo