images
images

स्वास्थ्य र शिक्षा व्यापार होइन सेवाकै रुपमा हुनपर्छः मेयर बालेन्द्र साह


  • 436
    SHARES
  • २०७९ जेठ २८ गते शनिबार

    स्वास्थ्य र शिक्षा व्यापार होइन सेवाकै रुपमा हुनपर्छः मेयर बालेन्द्र साह

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्वास्थ्य र शिक्षा व्यापारको रुपमा नभई सेवाको रुपमा  सेवाकै रुपमा पुग्नुपर्ने धारणा व्यक्त गरेका छन् । 

    उनले क्षत्रपाटी निःशुल्क चिकित्सालयको शनिबार विहान निरिक्षण गर्दै उनले सो कुरा बताएका हुन् । २०१३ सालमा स्थापना भएको क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नव निर्मित भवन निर्माणको अवलोकन तथा अस्पतालबाट प्रवाह भइरहेको सेवा सम्बन्धमा अनुगमन समेत गरेका छन् । 

    मेयर बालेन्द्र साहले अस्पतालमा उपचार गराइरहेका बिरामीसँग अन्तरक्रिया गरेका थिए । यसका साथै विरामीलाई अस्पतालले आफूले सोचेको भन्दा राम्रो सेवा प्रवाह गरिरहेकोमा खुशी व्यक्त गरेका छन् । उनले क्षेत्रपाटी निःशुल्क चिकित्सालयबाट असहाय, गरिव तथा आर्थिक अभावमा परेकालाई निःशुल्क रुपमा उपचार हुने कुराको ग्यारेन्टी समेत लिगेका छन् । 

    अस्पतालका अध्यक्ष मनोजमान श्रेष्ठले अस्पताल आएका विरामीहरुले उपचार विना फर्केनु नपर्नै बताउँदै  न्यूनतम शुल्क लिएर नहुनेलाई निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाएका छन् । मेयर साहले शिक्षा र स्वास्थ्य भनेको प्राथमिक एजेण्डा भएकोले सेवा नै हुनुपर्छ र व्यापार हुनु हुँदैन भन्ने सोचले अघि बढाउने प्रतिबद्धता जनाएका छन् । सो क्रममा काठमाडौ महानगरपालिका १७ नं वडाका अध्यक्ष नविन मानन्धर समेत सहभागी भएका थिए ।


    images
    images

    Logo