images
images

ऋणपत्र निष्काशन गर्न सिद्धार्थ बैंकले पायो बोर्डबाट अनुमति


  • 512
    SHARES
  • २०७९ जेठ २८ गते शनिबार

    ऋणपत्र निष्काशन गर्न सिद्धार्थ बैंकले पायो बोर्डबाट अनुमति

    काठमाडौं । सिद्धार्थ बैंकले ऋणपत्र निष्कासन गर्न  नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ ।बैंकले १० वर्ष अवधिको “१० वर्ष, १०.७५ प्रतिशत एसबीएल डिबेञ्चर, २०८९“ को नाममा ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो । 

    सेबोनले जेठ २७ गते ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ ।  बैंकले १ हजार रुपैया अंकित दरका कुल ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ। 

    बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ ।त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।

     

     


    images
    images

    Logo