images
images

२० अर्बको ट्रेजरी विल जारी गर्दै नेपाल राष्ट्र बैंक, ५ अर्बको नयाँ


  • 387
    SHARES
  • २०७९ जेठ २८ गते शनिबार

    २० अर्बको ट्रेजरी विल जारी गर्दै नेपाल राष्ट्र बैंक, ५ अर्बको नयाँ

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको  ट्रेजरी विल विक्री गर्न भएको छ । सोमबार बैंकले २० अर्ब  बराबरको ट्रेजरी विल विक्री गर्ने भएको हो । 

    बैंकका अनुसार ९१ दिन अवधिको लागि ५ अर्ब रुपैयाँ छुट्याइएको छ । यसका साथै १ सय ८२ दिनको लागि अवधिको लागि ४ अर्ब रुपैयाँ छुट्याइएको छ । ३ सय ६४ दिन अवधिको लागि ५ अर्ब नयाँ र ६ अर्बको पुरानो गरेर जम्मा ११ अर्ब  रुपैयाँ रुपैयाँ छुट्याइएको छ । 

    ९१ दिन अवधिको बिल आगामी भदौ २८ गते परिपक्व हुनेछ ।  त्यस्तै, १ सय ८२ दिन अवधिको बिल आगामी मंसिर २७ परिपक्क हुनेछ भने ३ सय ६४ दिनको लागि आगामी जेठ ३०  गते परिपक्क हुनेछ ।  

    यी ट्रेजरी बिल सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।


    images
    images

    Logo