images
images

नेपाल पर्वतारोहण संघको अध्यक्षमा निमानुरु शेर्पा भारी मतान्तरसहित निर्वाचित


  • 445
    SHARES
  • २०७९ जेठ २८ गते शनिबार

    नेपाल पर्वतारोहण संघको अध्यक्षमा निमानुरु शेर्पा भारी मतान्तरसहित निर्वाचित

    काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा निमानुरु शेर्पा निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा शेर्पा प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठमाथि ६१३ मतान्तरको विजय प्राप्त गरेका हुन् । 

    अध्यक्ष शेर्पाले ७३५ मत पाउँदा श्रेष्ठले १२२ मत ल्याएका हुन् । शेर्पा टीमको वरिष्ठ उपाध्यक्षमा ठाकुरराज पाण्डे, प्रथम उपाध्यक्षमा आङदावा शेर्पा, द्धितीय उपाध्यक्षमा दावा याङजुम शेर्पा, महासचिवमा मोहन लम्साल, सचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत गोकुलप्रसाद बुर्लाकोटीले जानकारी दिए ।

    सदस्यहरुमा आङदावा शेर्पा, किसान गुरुङ, सिङगी लामा, पिताम्बर गुरुङ, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नाम्ग्यल जङबु शेर्पा, पासाङ दावा शेर्पा, दिनेस तामाङ, निमाडोमा शेर्पा र डोमा शेर्पा निर्वाचित भएका छन् ।


    images
    images

    Logo