काठमाडौं । आज २ वटा लघुवित्तको साधारणसभा हुँदैछ । शनिबार किसान लघुवित्त र जाल्पा सामुदायीक लघुवित्तले साधारण सभा गर्न लागेका हुन् ।
सभा घोषणा गरेका कम्पनीमा किसान लघुवित्तले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीले धनगढीमा बिहान १० बजे बस्नेगरि सभा बोलाएको छ ।
त्यस्तै, जाल्पा सामुदायीक लघुवित्तले लगानीकर्ताको हात खाली बनाएको छ । यसले लगानीकर्तालाई कुनै लाभांश दिएको छैन । कम्पनीको सभा बिहान ११ बजे आम्रपाली कटेज एण्ड रेस्टुरेन्ट, बुटवलमा बस्ने गरि सभा बोलाएको छ ।