काठमाडौं । शनिबार एकाबिहानै भुकम्पको धक्का महशुस गरिएको छ । काठमाडौं आसपासलाई केन्द्रबिन्दु बनाएर बिहान २ बजेर ३६ मिनेटमा ४.५ म्याग्नेच्युडको भुकम्प गएको विश्वभरकाे भुकम्पकाे रेकर्ड राख्ने भाेल्क्यानाे डिस्कवरी डटकमले जनाएकाे छ । भुकम्प मापन केन्द्रले भने उक्त भुकम्प भक्तपुरकाे चाँगुनारायण आसपास भएकाे र क्षमता ४.७ म्याग्नेच्युड भएकाे जनाएकाे छ ।

Source : www.volcanodiscovery.com