काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार सिवाईसी नेपाल लघुवित्तको आईपीओ सुचीकृत भएको छ । यस कम्पनीको १२ लाख १६ हजार ४ सय १८ कित्ता आईपीओ सुचीकृत भएको हो ।
लघुवित्तको आइपीओले पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज ३ सय ४४ रुपैयाँ ३६ पैसादेखि १ हजार३३ रुपैया ८ पैसा ओपनिङ्ग रेन्ज तोकेको छ । कम्पनीको आइपीओ सिवाइसिएल’ सिम्बोलबाट कारोबारमा आउनेछ ।
कम्पनीलेवैशाख ६ गते देखि आईपिओ बिक्रि खुला गरेको थियो । कुल ३ लाख ९५ हजार ३ सय ३६ कित्ता आइपिओ निष्काशन गरेको थियो । यो मध्ये ५ प्रतिशत अर्थात् १९ हजार ७ सय ६६ कित्ता सामुहिक लगानी कोष र ०.५ प्रतिशत अर्थात् ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । त्यस्तै, बाँकी रहेका ३ लाख ६९ हजार ४ सय ८८ कित्ता लागि सर्वसाधारणले आवेदन दिएका थिए । सो शेयर शुक्रबार नेप्सेमा सुचीकृत भएको हो ।



