काठमाडौं । बैशाखमा महिनामा ८७ अर्बले रेमिटेन्स बढेको छ । वैशाखसम्मको तथ्यांक अनुसार रेमिटेन्स बढेको हो । रेमिटान्स ०.२ प्रतिशतले बढेर ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ बराबरको आएको छ । अघिल्लो वर्षको सोही अवधिमा १९.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.६ प्रतिशतले कमी आई ६ अर्ब ७६ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीकालागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८५.५ प्रतिशतले बढेका थियो भने अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५४.० प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ०.०१ प्रतिशतले वृद्धि भई ९ खर्ब ३ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १७.१ प्रतिशतले बढेको थियो ।
उता, एक महिनाको अवधिमा शोधनान्तर घाटा २० अर्ब रुपैयाँ बढेको देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार एक महिनामै २० अर्ब बढेर २ खर्ब ८८ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।
त्यसैगरी, समीक्षा अवधिमा चालू खाता ५ खर्ब ४७ अर्ब ३६ करोडले घाटामा रहेको छ । गत महिना ५ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब १४ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४ अर्ब ५७ करोडले घाटामा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४१.३ प्रतिशतले कमी आई ७ अर्ब ९९ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १८.२ प्रतिशतले वृद्धि भई १६ अर्ब ६५ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ६२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ८ करोड रूपैयाँ रहेको थियो ।



