images
images

शेयर बजारमा गिरावट, १३ उपसूचक राताम्य हुँदा ८९ करोड खुम्चियो कारोबार


  • 487
    SHARES
  • २०७९ जेठ २७ गते शुक्रबार

    शेयर बजारमा गिरावट, १३ उपसूचक राताम्य हुँदा  ८९ करोड खुम्चियो  कारोबार

    काठमाडौं । साताको अन्तिम दिन पनि शेयर बजारमा गिरावट आएको छ ।  शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.६४ अंकले घट्दा २ हजार ४८ विन्दुमा पुगेको छ ।  आज २ सय २९ कम्पनीको ८९ करोड ४१ लाख रुपैयाँ बराबरको ३० लाख ४८ हजार कित्ता शेयर किनबेच भएको छ । 

    आज ३५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५२ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज पनि सबै उपसूचक रात्ताम्मे भएका छन् । आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । बैंकको ५ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको ४ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, आज मेगा बैंकको ३ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआईसी एशिया बैंकको ३ करोड माथिको शेयर कारोबार भएको छ ।

    आज ३ कम्पनीको शेयर मुल्यमा सर्किट लागेको छ । सर्किट लाग्नेमा ग्रीन भेञ्चर, उपकार लघुवित्त र बलेफी हाइड्रोपावर रहेका छन् ।  आज ग्रीन भेञ्चर  र उपकार लघुवित्तको लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।  त्यस्तै, बलेफि हाइड्रोपावर कम्पनीका लगानीकर्ताले  ९.९८ प्रतिशतका दरले कमाएका छन् ।


    images
    images

    Logo