images
images

घटेको ७ दिन नपुग्दै फेरि बढ्यो सार्वजनिक यातायातको भाडा


  • 451
    SHARES
  • २०७९ जेठ २७ गते शुक्रबार

    घटेको ७ दिन नपुग्दै फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

    काठमाडौं । सरकारले घटेको ७ दिन नपुग्दै सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले शुक्रबार सुचना जारी गर्दै यात्रुवाहन सवारी, मालवाहन सवारी यातायातको भाडा बढाएको हो । 

    सरकारले पेटोलियम पर्दाथको मुल्य बृद्धि गरेपछि यातायात व्यवस्था विभागले पनि सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । मुल्य समायोजन गरेसँगै यात्रुवाहन सवारी भाडा २.५ प्रतिशतले वृद्धि गरेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहन सवारी भाडा ३.३ प्रतिशतले वृद्धि गरेको छ । यस्तै, तराई बाटोमा सञ्चालन हुने मालवाहन सवारीको भाडा ३.७ प्रतिशतले वृद्धि भएको छ । 

    सार्वजनि यातायातको भाडा  १८ रुपैयाँदेखि ७४ रुपैयाँसम्म वृद्धि गरेको छ । 


    images
    images

    Logo