काठमाडौं । नेपाल सुनचाँदी बजारमा आज सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।
बिहिवार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको सुन आज ३ सय रुपैयाँले घटेर ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँ कारोबार भएको छ भने, चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको महासंले जनाएको छ ।