images
images

पृथ्वी राजमार्गमा करिब २० मिटर सडक भासियो, दुईतर्फी यातायात नै अवरुद्ध


  • 590
    SHARES
  • २०७९ जेठ २७ गते शुक्रबार

    पृथ्वी राजमार्गमा करिब २० मिटर सडक भासियो, दुईतर्फी यातायात नै अवरुद्ध

    काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । 

    गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । 

    तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उनले बताए । करिब २० मिटर सडक भाँसिएको प्रहरीले जनाएको छ । 


    images
    images

    Logo