images
images

फाेहाेर विसर्जनकाे सम्बन्धमा अर्काे सहमति,काठमाडौंले चिनेन संघर्ष समिति


  • 416
    SHARES
  • २०७९ जेठ २७ गते शुक्रबार

    फाेहाेर विसर्जनकाे सम्बन्धमा अर्काे सहमति,काठमाडौंले चिनेन संघर्ष समिति

    काठमाडौं । काठमाडौंको फोहोर आजदेखि उठ्ने भएको छ । अबदेखि काठमाडौंको फोहोर रातिमात्र विसर्जन गर्न पाउनेगरि काठमाडौं महानगरपालिका र स्थानीयबीच फेरि अर्को १९ बुँदे सहमति भएको हो । 

    शुक्रवार भएको वार्तामा आन्दोलनरत स्थानीयदेखि स्थानीय वडाअध्यक्षहरूको उपस्थितिमा सो सहमति भएको थियो ।  यो सहमतिसँगै अव काठमाडौंको फोहोर विसर्जनमा स्थानीयले कुनै अवरोध नगर्ने भएका छन् । अव आज रातिबाटै फोहोर उठ्ने भएको छ । 

    यस्तै सिसडोल तथा बञ्चरेडाँडामा फोहोरको दुर्गन्ध नआउने गरी महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने पनि सहमति भएको छ।

    सहमतिपत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह,  उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिका ण् १ का अध्यक्ष पदमबहादुर श्रेष्‍ठ बलामी, ककनी गाउँपालिका – २ का अध्यक्ष तिलक बहादुर लामा, धुनीबेंसी नगरपालिका –१ अध्यक्ष बहादुर तामाङ र धुनीबेंसी नगरपालिका – ३ का अध्यक्ष प्रकाश हमालले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

    साे पत्रमा प्रभावित क्षेत्रको शिक्षाको गुणस्तर वृद्धिका लागि महानगरपालिकाले सहयोग गर्ने, त्यो क्षेत्रमा हरियाली क्षेत्रका रुपमा विकास गर्ने, एक महिनाभित्र नै फोहोरबाट लिच्चड नचुहिने व्यवस्था गर्ने पनि काठमाडौं महानगरपालिकाले सहमति जनाएको छ ।

    ktm.jpeg
    ktm1.jpeg


    images
    images

    Logo