काठमाडौं । आज २ वटा कम्पनीको साधारणसभा हुँदैछ । शुक्रबार हिमालयन रि इन्स्योरेन्स र गोर्खाज फाइनान्सले साधारण सभा गर्न लागेका हुन् ।
सभा घोषणा गरेका कम्पनीमा हिमालयन रि इन्स्योरेन्सले विशेष साधारणसभा बोलाएको छ । सो कम्पनीले आईपीओ जारी गर्ने र व्यवस्थापन पत्रमा आवश्यक परिमार्जन गर्ने लगाएतको एजेण्डा राखेको छ । कम्पनीले अलफ्ट होटल, ठमेल, काठमाडौंमा दिउँसो २ बजे बस्नेगरि सभा बोलाएको छ ।
त्यस्तै, गोर्खाज फाइनान्सले वार्षिक साधारणसभा बोलाएको छ । सो कम्पनीले अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट, बत्तीसपुतलीमा बिहान ११ः३० बजे बस्ने गरि सभा बोलाएको छ । उक्त कम्पनीको एजेण्डा २०७७÷७८ को वित्तीय हाइलाइटहरू प्रस्तुत गर्ने र लेखा परीक्षकको नियुक्ति गर्ने रहेको छ ।