images
images

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशकसहित ४ जनाविरुद्ध मुद्दा 


  • 369
    SHARES
  • २०७९ जेठ २६ गते बिहीबार

    राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशकसहित ४ जनाविरुद्ध मुद्दा 

    काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । मुद्दा दायर हुने बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतम, दरखास्त स्वीकृत गर्ने कर्मचारी तत्कालीन प्रशासन प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुइँटेल र लेखा अधिकृत टङ्कप्रसाद ओलीविरुद्ध मुद्दा दायर गरिएको हो ।

    बोर्डले २०७२ असोज २ गते गोरखापत्रमा प्रकाशित सूचना बमोजिम विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन गरेकोमा कृषि प्राविधिक पदमा र लेखापाल पदमा शैक्षिक योग्यता नमिल्ने व्यक्तिलाई नियुक्ति दिएको भन्दै आयोगमा उजुरी परेको थियो । 

    उनका अनुसार बोर्डका तत्कालीन कार्यकारी निर्देशक गौतमले पदपूर्ति संयोजक रहेर न्यूनतम शैक्षिक योग्यता हेर्ने, जाँच्ने सम्बन्धमा पर्याप्त सावधानी अपनाउनु पर्नेमा तोकिएको न्यूनतम शैक्षिक योग्यता नमिल्ने व्यक्तिको दरखास्त फारम स्वीकृत गर्ने र गर्न आदेश दिने काम गरेको अनुसन्धानबाट खुलेको छ ।  

    आयोगले आरोपीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को सोही दफाबमोजिम सजायको मागदाबी गरिएको सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए छन्।


    images
    images

    Logo