काठमाडौं । सेयर बजारको उत्साह फेरि पनि टिक्न सकेको छैन् । बुधबार बजार बढ्ने आश बन्द भएको शेयर बजार बिहीबार फेरि घट्न पुगेको हो । बुधबार ६० अंकले बढेको बजार आज विहीबार १७.६४ अंकले घट्न पुगेको हो । यसरी शेयर बजारमा गिरावट आउँदा २ हजार ६२ विन्दुमा अडिएको छ ।
विहीबार २ सय २९ कम्पनीको १ अर्ब ४७ करोड रुपैयाँ बराबरको ४१ लाख ५६ हजार कित्ता शेयर किनबेच भएको छ । आज ३१ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय ६० वटा कम्पनीको शेयर मुल्य घटेको छ । हिजो उच्च अंकले बढेको शेयर बजार आज घटेको हो । आज सबै उपसूचक घटेका छन् ।
आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । बैंकको ६ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ४ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, आज अरुण कावेली पावरको ३ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफको ३ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज २ कम्पनीको शेयर मुल्यमा सर्किट लागेको छ । विहीबार उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको शेयर मुल्यमा सर्किट लागेको हो । उपकार लघुवित्तको १० प्रतिशतले बढेको छ भने बलेफी हाइड्रोपावरको ९.९९ प्रतिशतले बढेको छ ।



