पाकिस्तानको सरकारले सातामा दुई दिन विदा दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठक उर्जा र इन्धनको खपत घटाउनका लागि पाकिस्तान सरकारले यस्तो निर्णय गरेका हो ।
इन्धनको मुलय बढ्दै गएपछि पाकिस्तान सरकारले सरकारी कर्मचारीहरुलाई सातामा दुई दिन विदा दिने भएको हो । एक सातामा पेट्रोलको मूल्य ४० प्रतिशतले बढेपछि मन्त्रिपरिषद्ले सरकारी कर्मचारी र मन्त्रिपरिषद्का सदस्यलाई दिइने पेट्रोल भत्ता ४० प्रतिशतले घटाउने निर्णयसमेत गरेको छ ।
पाकिस्तानका सुचनामन्त्री मरियम औरंगजेबका अनुसार ‘हामीले गम्भीर संकट सामना गरेका छौँ । ऊर्जा संरक्षणका उपायहरू अपनाउनु आवश्यक छ । हामीले ऊर्जा बचत गर्न हरेक विकल्पमा जान आवश्यक छ’, रहेको बताए ।
यसका साथै मन्त्रिपरिषद्ले सरकारी अधिकारी र मन्त्रीहरूको अनावश्यक विदेश भ्रमणमा पूर्ण प्रतिबन्धलाई पनि अनुमोदन गरेको छ ।



