images
images

धादिङको धुनिबेँसीमा दुर्घटना हुँदा एक जनाको मृत्यु


  • 261
    SHARES
  • २०७९ जेठ २६ गते बिहीबार

    धादिङको धुनिबेँसीमा दुर्घटना हुँदा एक जनाको मृत्यु

    काठमाडौं । धादिङको धुनिबेँसीमा आज ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । धुनिवेँसी नगरपालिका–६स्थित चालिसेमा ट्रकको ठक्करबाट गोर्खाको गण्डकी गाउँपालिका–५स्थित दरबुङ घर भएकी ४४ वर्षीया राममाया विकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना ८ ख ५१७३ नं को ट्रकको ठक्करबाट सख्त घाइते विकको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जागेश्वर भण्डारीले बताए ।  


    images
    images

    Logo