काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । बिहिवार छापावाला सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज एकैदिन ५ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य आज स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको महासंले जनाएको छ ।