images
images

मध्यपहाडी लोकमार्ग अवरुद्ध, सवारीसाधनहरु बाटोमै थन्किए


  • 466
    SHARES
  • २०७९ जेठ २६ गते बिहीबार

    मध्यपहाडी लोकमार्ग अवरुद्ध,  सवारीसाधनहरु बाटोमै थन्किए

    काठमाडौं । दुई दिनदेखिको वर्षासँगै खसेको पहिराका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत घोडाबाँधे–हटिया सडक गए रातिदेखि अवरूद्ध भएको छ । 

    सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन बाटोमै थन्किएका छन् । यात्रुले सास्ती व्यहोरिरहेका छन् । ठाउँठाउँमा खसेका पहिराले लोकमार्ग क्षतविक्षत बनेको छ । गलकोट नगरपालिकाका प्रवक्ता  हेमन्त भण्डारीका अनुसार अहिले डोजरले पहिरा पन्छाएर अवरुद्ध सडक खुलाउने काम भइरहेको छ ।


    images
    images

    Logo