images
images

नेपाल फाइनान्सकाे हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन


  • 322
    SHARES
  • २०७९ जेठ २६ गते बिहीबार

    नेपाल फाइनान्सकाे हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । नेपाल फाइनान्सकाे हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । सो कम्पनीले १ः०‍‍‍.७० अनुपातको दरले हुन आउने हकप्रद शेयर निष्काशन गरेको थियो । 

    कम्पनीले शेयरधनीहरुका लागि ३४ लाख ५४ हजार कित्ता शेयर निष्काशन गरेको छ । बैशाख २० गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।


    सो हकप्रद शेयरको विक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । हकप्रदका लागि सीआश्वा सेवा भएका सम्बन्धित बैंक वा तोकिएको काउन्टरबाट समेत आवेदन दिनसक्ने जनाइएको छ ।

    हाल ४९ करोड ३४ लाख ९६ हजार रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ८३ करोड ८९ लाख ४३ हजार  रुपैयाँ  पुग्नेछ।


    images
    images

    Logo