काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ आजदेखि खुल्दैछ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर बाँडफाँट गरी बाँकी रहेको २ लाख ९७ हजार कित्तासहित गरी २१ लाख ९५ हजार ५ सय कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।
निष्काशन गरिने कुल शेयरमध्ये ६५ हजार ८ सय ६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने १ लाख ९ हजार ७ सय ७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्याएर बाँकी रहेको २० लाख १९ हजार ८ सय ३९ कित्ता शेयरमा सर्वसाधारण आवेदन दिन सक्नेछन्।
सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १७ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। यस्तो निष्काशन बन्द छिटोमा जेठ ३१ गते र ढिलोमा असार ९ गते हुनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।



