images
images

गरिमा क्यापिटलको डिम्याट र मेरो शेयर खाता नविकरणमा विशेष योजना


  • 249
    SHARES
  • २०७९ जेठ २५ गते बुधबार

    गरिमा क्यापिटलको डिम्याट र मेरो शेयर खाता नविकरणमा विशेष योजना

    काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले डिम्याट र मेरो शेयर खाता नविकरणमा विभिन्न विकल्पहरुका साथ विशेष आकर्षक योजनाहरु सार्वजनिक गरेको छ । गरिमा क्यापिटल लिमिटेडले डिम्याट र मेरो शेयर खाता नविकरणमा विभिन्न विकल्पहरुका साथ विशेष आकर्षक योजनाहरु सार्वजनिक गरेको हो । 

    गरिमा क्यापिटलमा डिम्याट र मेरो शेयर खाता खोलेका ग्राहकहरुले २०७९ आषाढ मसान्त भित्र बक्यौता रकम भुक्तानी गरी उक्त खाता नविकरण गर्नुपर्ने हुन्छ । तर हाल क्यापिटलले १० वर्षे डिम्याट र मेरो शेयर खाता नविकरण योजनाल्याएको छ जसअन्तर्गत हितग्राही ग्राहकहरुले  ९ सय ९९ रुपैँया भुक्तान गरी १० वर्षकोलागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्न सकिनेछ ।

    यस्तै ५ बर्षे डिम्याट र मेरोशेयर खाता नविकरण योजना पनि क्यापिटलले सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले ४ सय ९९ रूपैयाँमा ५ वर्षकोलागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्न सक्नेछन्।

    यसैगरी, क्यापिटलद्वारा आजीवन डिम्याट र मेरोशेयर खाता नविकरण योजना ल्याइएको छ । सो योजनामा हितग्राही ग्राहकहरुले १हजार ९ सय ९९ रूपैयाँ भुक्तान गरी आजीवन हितग्राही खाता र मेरो शेयर खाता नविकरण गर्न सक्नेछन् । 

    योजना सार्वजनिक गर्ने क्रममा क्यापिटलले नियमित एक वर्षे डिम्याट र मेरो शेयर खाता नविकरण योजनामा १ सय ५० रूपैयाँ तिरेर १ वर्षकोलागि हितग्राही र मेरो शेयर खाता नविकरण गर्न सकिने जनाएको छ । 

     


    images
    images

    Logo