images
images

सशस्त्रका एआइजी चन्द्रप्रकाश गौतमलाई दज्र्यानी चिह्न प्रदान


  • 304
    SHARES
  • २०७९ जेठ २५ गते बुधबार

    सशस्त्रका एआइजी चन्द्रप्रकाश गौतमलाई दज्र्यानी चिह्न प्रदान

    सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा पदोन्नति भएका चन्द्रप्रकाश गौतमलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को यही जेठ २३ गतेको निर्णयले गौतम सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएको हुन् ।

    सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले उनको कार्यक्षमता, योग्यता, कार्यकुशलता र व्यावसायिकताको मूल्याङ्कन गर्दै नेपाल सरकारले पदोन्नति प्रदान गरेको स्मरण गर्दै आगामी कार्यकाल सफलताको शुभकामना दिए । 

    उनले फौजी जीवनमा सबैले बर्दीको शान र दर्जाको मान राख्दै भ्रातृत्व, सद्भाव र आत्मविश्वाससँगै राष्ट्र र नागरिकको सेवामा जुट्नुपर्नेमा जोड दिए । 


    images
    images

    Logo