काठमाडौं । पुँजी बजार सुधारका लागि अर्थ मन्त्रालयले उच्चस्तरीय समिति गठन गरेको समाचार पछि शेयर बजार उचालिन थालेको छ । निरन्तर शेयर बजारमा गिरावट आएपछि लगानीकर्ता सघंका प्रनिनिधिहरुले पुँजी बजार बढाउनको लागि माग गरेका थिए ।
सो मागका अनुसारअर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र बीमा समितिका सदस्य समेत रहने गरेर सो समिति गठन गरेको समाचार बजारमा आउन थालेपछि शेयर बजार बढ्ने थालेको हो । आज शेयर बजार खुलेदेखि नै शेयर बजार बढ्न थालेको छ । नेप्से ६०.२२ अंकले बढेर २ हजार ८० दशमलव ४४ विन्दुमा पुगेको छ । लगातार एक सातादेखि शेयर बजारमा निरन्तर गिरावट आएको थियो तर सोमबार बजार पछि नेप्से बढ्न थालेको हो । सोमबार १ अर्ब ६४ करोड रुपैयाँ बराबरको ५० लाख ५ हजार कित्ता शेयर किनबेच भएको छ । आज १ सय ९३ कम्पनीको शेयर मुल्य बढेको छ भने २ बटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज शेयर बजार बढेसगैँ अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोवार भएको छ । यस कम्पनीको ५ करोड १२ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ भने दोस्रो सर्वाधिक कारोवार गर्ने कम्पनीमा कुमारी बैंक रहेका छ । यसको ४ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ । यस्तै, हिमालयन डिष्टीलरीको ४ करोड ९४ लाख रुपैयाँ बराबरको शेयरक कारोवार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको ४ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ । उता, अपि पावर कम्पनीको ५ करोड ५९ लmाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ ।
योसगैँ २ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा उपकार लघुवित्त र सामुदायिक लघुवित्तको मुल्यमा सकारात्मक सर्किट लागेको हो ।



