काठमाडौं । पुँजी बजार सुधारका लागि अर्थ मन्त्रालयले उच्चस्तरीय समिति गठन गरको छ । अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र बीमा समितिका प्रतिनिधिहरु रहने गरि उक्त समिति गठन गरिएको हो ।
शेयर बजार निरन्तर रुपले घटेपछि लगानीकर्ता संघका प्रनिनिधिहरुले प्रधानमन्त्री, अर्थ मन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर, धितोपत्र बोर्डका अध्यक्ष लगायतसँग भेटेर पुँजी बजार सुधारका लागि माग गरेका थिए ।