काठमाडौं । सरकारले दुर्गम ठाउँबाट काठमाडौं पढन बसेको विद्यार्थीहरुलाई विद्युतीय चुलो( इन्डक्सन) बाँड्ने भएको छ । सरकारी विद्यालयमा स्नातक तथा स्नातकोत्तर पढदै गरेका बिद्यार्थीहरुको लागि सरकारले निः शुल्क विद्युतीय चुलो वितरण गर्ने भएको हो । यसका लागि बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले निवेदन आह्व्न गरेको छ ।
यस चुलोको लागि विद्यार्थीहरुले अनलाईन फारम समेत भर्ने सक्ने छन् । यो अनलाइन फारम भरी इमेलमा प्राप्त टोकन नम्बर, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचय पत्रको प्रतिलिपिका साथ उर्जा प्रवर्द्धन केन्द्रमा आवेदन दिनु पर्नेछ । यसमा आउँदो असार ९ गतेसम्म आवेदन दिन सक्ने छन् ।
केन्द्रका अनुसार यस पहिले आवेदन दिएका विद्यार्थीहरुले पुन आवेदन दिन नपाउने भएका छन् ।



