images
images

नेपाल लाइफ इस्योरेन्सले एनआईसी बैंकको नाममा रहेकाे संस्थापक शेयर बिक्रीमा


  • 291
    SHARES
  • २०७९ जेठ २५ गते बुधबार

    नेपाल लाइफ इस्योरेन्सले एनआईसी बैंकको  नाममा रहेकाे संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नाममा भएको एनआईसी एशिया बैंकको ५ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।  कम्पनीले आफ्नो स्वामित्वमा भएको उक्त शेयर बिक्रीका लागि एनआईसी एशिया बैंकलाई निवेदन दिएको छ । 

    बैंकमा हाल कायम रहेका शेयरधनीले उक्त शेयर खरिद गर्ने चाहेमा सुचना जारी भएको मितिले ३५ दिन भित्र निवेदन दिनुपर्ने बैंकले जनाएको छ । उक्त समयमा संस्थापक शेयरधनीहरु बाट पर्याप्त आवेदन नपरेमा बाँकी शेयर अन्य खरिदकर्ता लाई विक्री हुने बैंकले जनाएको छ । सो शेयर न्युनतम मूल्य ४ सय ७५ रुपैयाँ तोकिएको छ । 

     


    images
    images

    Logo