images
images

नेपाल प्रहरीको इतिहासमै पहिलो महिला एआईजी बनिन् पुजा  


  • 813
    SHARES
  • २०७९ जेठ २५ गते बुधबार

    नेपाल प्रहरीको इतिहासमै पहिलो महिला एआईजी बनिन् पुजा  

    काठमाडौ । नेपाल प्रहरीले इतिहासमै पहिलो पटक महिला अतिरिक्त महानिरीक्षक ९एआईजी० पाएको छ । पुजा सिंह पहिलोपटक महिला एआईजीको रूपमा बुधवारदेखि कार्यभार सम्हाल्दै छिन् । 

    सिंहको प्रहरी प्रधान कार्यालय मानवश्रोत  तथा विकास विभागमा पदस्थापन भएको छ । गत पुस २४ गते डिआईजीमा बढुवा भएकी सिंह  डेढ महिनायता बाग्मती प्रदेशको प्रहरी प्रमुखका रूपमा कार्यरत थिइन । सिंहलाई सोमवारको मन्त्रिपरिषद्ले  एआईजीमा बढुवा गरेको थियो । उनीसँगै बढुवामा परेका पाँच  एआइजिपीले दर्ज्ययानी चिन्ह लगाएसँगै बुधवारदेखि कार्यभार सम्हाल्दै छन् । 

    यसअघि नेपाल प्रहरीमा ८ वर्षअघि पार्वती थापा र विमला थापा डिआईजी भएका थिए । त्यसपछि नेपाल प्रहरीको प्रशासन तर्फ कोही पनि डिआईजीसम्म पनि भएका थिएनन् ।


    images
    images

    Logo