images
images

बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 325
    SHARES
  • २०७९ जेठ २५ गते बुधबार

    बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं ।बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारण शेयरधनीका लागि छुट्याएको १५ लाख कित्ता आईपीओ जारी गरेको हो । सो आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

    कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषको लागि  छुट्याएको छ । र बाँकी रहेको १३ लाख ६५ हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्री गर्न लागिएको छ ।

    संस्थाका कर्मचारी र सामुहिक लगानी कोषका बाहेक यो शेयर १० कित्ताको दरले बाँड्दा १ लाख ५० हजार जनालाई वितरण गर्न पर्याप्त हुन्छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । इच्छुक आवेदकले डिम्याट खातासँग लिङ्क भएका बैंक खातामार्फत् सीआश्वा प्रणालीबाट शेयरका लागि आवेदन दिन सक्नेछन् ।


    images
    images

    Logo