images
images

काठमाडौँ महानगरको कार्यपालिका सदस्यमा ८ प्रतिनिधि निर्वाचित


  • 388
    SHARES
  • २०७९ जेठ २४ गते मंगलबार

    काठमाडौँ महानगरको कार्यपालिका सदस्यमा ८ प्रतिनिधि निर्वाचित

    काठमाडौं । काठमाडौँ महानगरपालिकाको कार्यपालिका सदस्यमा ८ प्रतिनिधि निर्वाचित भएका छन् । आज राष्ट्रिय सभागृहमा सम्पन्न निर्वाचनबाट उनीहरु निर्वाचित भएका हुन् । 

    नगर कार्यपालिकाको महिला सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी तथा नेकपा (एकीकृत समाजवादी) की मैयाँलक्ष्मी महर्जन निर्वाचित भएका हुन्। दलित वा अल्पसङ्ख्यकतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विनोद अछामी र महेश नेपाली तथा नेकपा (माओवादी केन्द्र) का अनिता कार्की ढोली निर्वाचित भएका छन् । 

    निर्वाचन कार्यक्रमअन्तर्गत आज नै मतदान गरिएको थियो । गएको वैशाख ३१ गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट काठमाडौँ महानगरका लागि निर्वाचित जनप्रतिनिधि मतदाता रहेको निर्वाचनमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डङ्गोलसहित १ सय ६० जना सबै सदस्यले मतदान गरेका थिए । 

    प्रमुख र उपप्रमुखसहित १ सय ६२ मतदाता हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्य पदका लागि कसैको पनि उम्मेदवारी नपरेकाले प्रमुख उपप्रमुखसहित मतदाताको सङ्ख्या १ सय ६० भएको हो । निर्वाचन परिणामपछि महानगरको कार्यपालिका सदस्य सङ्ख्या ४२ भएको छ । यसमा प्रमुख र उपप्रमुख, ३२ जना वडाध्यक्ष र आठ जना कार्यपालिका सदस्य हुन्छन् । 

    निर्वाचनपछि मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले निर्वाचन परिणाम सार्वजनिक गरेका थिए । निर्वाचित जनप्रतिनिधिलाई भोलि दिउँसो १ बजे प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको  छ । 

     


    images
    images

    Logo