काठमाडौं । सोमवार बढुवा भएका नेपाल प्रहरीका ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई बुधबार दर्ज्यानी चिन्ह प्रदान गरिने भएको छ । प्रहरी प्रधान कार्यालयले बढुवा भएका एआइजीहरूलाई दिउँसो ३ बजे फुली लगाउने कार्यक्रम रहेको जनाएको छ ।
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बढुवामा परेकालाई दर्ज्यानी चिन्ह प्रदान गर्नेछन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पाँच डिआजीलाई बढुवा गर्ने निर्णय गरेको थियो ।
यसैबीच बढुवा भए एआइजीको बुधवार नै पदस्थापना हुने भएको छ । गृहमन्त्रालयका एक उच्च अधिकारीका अनुसार बढुवा भएका उत्तमराज सुवेदीको केन्द्रीय अनुसन्धान व्युरो सिआर्इबी, पूजा सिंहको प्रहरी प्रधान कार्यालय मानवश्रोत विभाग, अरुणकुमार बीसी प्रहरी प्रधान कार्यालय प्रशासन विभाग, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभागमा दिवेश लोहनी र मुकुन्दराज आचार्यको प्रहरी तालिम केन्द्र महाराजगन्जमा पदस्थापना भएको छ।
यस्तै प्रहरी प्रधान कार्यालय मानवश्रोत विभागमा कार्यरत विश्वराज पोखरेलका प्रदेश समन्वय विभागमा सरूवा भएका छन । त्यसैगरी प्रशासन विभागका रवीन्द्र धानुकको महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरूवा भएको छ ।





