images
images

काठमाडाैं नागढुंगाबाट करिब ४ करोड रुपैयाँसहित ५ जना पक्रउ, ४ चिनियाँ नागरिक


  • 421
    SHARES
  • २०७९ जेठ २४ गते मंगलबार

    काठमाडाैं नागढुंगाबाट करिब ४ करोड रुपैयाँसहित ५ जना पक्रउ, ४ चिनियाँ नागरिक

    काठमाडौं । काठमाडौंकाे नागढुंगाबाट करिब ४ करोड रुपैयाँसहित ५ जना पक्रउ परेका छन् । नुवाकोटबाट काठमाडौं आउँदै गरेको गाडीको तलासी गर्दा प्रहरीले स्रोत नखुलेको ३ करोड ८९ लाख १३ हजार रुपैयाँ फेला पारेपछि उनिहरुलाई पक्रउ गरेको हो । 

    यसरी पक्राउ पर्नेमा ४ चिनियाँ नागरिक र १ नेपाली नागरिक रहेका छन् । जसमध्ये चिनियाँ नागरिकहरुमा अङ जाइकिङ, झान टु, मेङ युन सुन, मौजियान हुआ र एक नुवाकोट विदुर नगरपालिका फूलबहादुर गुरुङ रहेका छन् । 

    पक्राउ परेका ५ जनाई र बरामद भएको रकम सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई बुझाइएको छ । 


    images
    images

    Logo