images
images

तिलक कोइराला पक्राउ परेपछि लगानीकर्ता संघहरुको आपत्ति


  • 688
    SHARES
  • २०७९ जेठ २४ गते मंगलबार

    तिलक कोइराला पक्राउ परेपछि लगानीकर्ता संघहरुको आपत्ति

    काठमाडौं । शेयर बजार सुधारको माग गर्दै अनसन सुरु गरेका तिलक कोइराललाई पक्राउ परेपछि लगानीकर्ता संघहरुले विज्ञप्ती निकालेका छन् । नेपाल इन्भेष्टर्स फोरम र शेयर लगानीतकर्ता संघले संयुक्त रुपमा विज्ञप्ती निकालेर लगानीकर्तामाथि भएको धरपकड विरुद्ध आपत्ति जनाएका हुन् । 

    दिउँसो नेप्से प्राङ्गणबाहिर कोइराला लगायत ५ जनाले रिले अनसन सुरु गरेका थिए । प्रहरीले पक्राउ गरेपछि अहिले उनी सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तमा छन् । पक्राउ परेपछि उनले त्यहीँबाट आमरण अनसन सुरु गरेका छन् । प्रहरीले पक्राउ गरेपछि लगानीकर्ता संघहरुले भने शान्तिपूर्ण रुपमा भेला भई आफ्ना मागहरु राख्न पाउने मौलिक हकविरुद्ध राज्य धरपकडमा उत्रिएको आरोप लगाएका छन् । 

    कोइराला आमरण अनसनमा बस्दा अन्य ४ जना नवराज उप्रेती, सिताराम संजेल, नानी बाबु खरेल र पासाङ शेर्पा रिले अनसनमा रहेका थिए । उनीहरुले विभिन्न १९ बुँदे माग राख्दै आन्दोलन गरिरहेका छन् ।

    press.jpg


    images
    images

    Logo